२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


एमाले र माओवादी केन्द्रबीचको एकता दीर्घकालिन हुँदैन : बिजुक्छे


0
Shares

भक्तपुर, जेठ ४ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले र माओवादीबीचको एकता भागबन्डामा आधारित भएकाले दीर्घकालीन नहुने टिप्पणी गरेका छन् ।

भक्तपुरमा आयोजित कार्यक्रममा बिजुक्छेले एशियाकै ठूलो कम्युनिष्ट पार्टीका रुपमा उदाएको भन्नु पनि गलत रहेको बताए ।

रुसको कम्युनिष्ट पार्टी संख्यात्मक रुपमा संसारकै ठूलो भए पनि सैद्धान्तिक पक्षलाई व्यवस्थापन नगर्दा देश नै टुक्राटुक्रा बनेको धारणा अध्यक्ष बिजुक्छेको थियो ।