
विगत तीन दिनदेखि छालाको इन्फेक्सन, टाउको दुख्नेलगायतका समस्याबाट पीडित मन्त्री यादव उपचाररत् नर्भिक अस्पताल पुगेर अध्यक्ष दाहालले उनको स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिएका हुन् ।
अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले भने–‘अध्यक्षले मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्यलाभको कामना गर्नुभयो ।’
अध्यक्ष दाहालले स्वाथ्यमा सुधार नभए अन्य अस्पतालमासमेत उपचारमा जान सुझाव दिएका छन् ।
‘सम्भव भएसम्म स्वदेशमा नै उपचार गरौं, भएन भने विदेशका अस्पतालमासमेत उपचार गर्नुपर्ने हुनसक्छ’–अध्यक्ष दाहालले भने ।
चिकित्सकले भने मन्त्री यादवको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्