Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


काम पूरा नगरेपछि पप्पुसँगको ठेक्का तोडियो


0
Shares

काठमाडौं । कोस्टाल पप्पु कन्स्ट्रसनले सिक्टा सिंचाइ आयोजनामा सम्झौता अनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिंचाइ विभागले ठेक्का तोडेको छ ।

बाँकेमा निर्माणाधीन सिक्टा सिंचाइको डंडुवा नहरमा गुणस्तरहीन काम र चरम लापरवाही नरोकिएपछि विभागले पप्पुसँगको सम्झौता तोडेको हो ।

ठेक्का सम्झौता गरेको २८ महिना बित्दा पनि कामको प्रगति निराशाजनक भएपछि पप्पुसँग सम्झौता तोडिएको विभागका महानिर्देशक सरोज पण्डितले बताए । उनका अनुसार यस अवधिमा पप्पुले जम्मा ७ प्रतिशत काम गरेको छ ।

स्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना सिक्टामा साउदी विकास कोषले दुई अर्ब ४१ करोड रुपैंयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । -नागरिक दैनिकबाट