
शुक्रबार पेरिसडाँडास्थित साविक माओवादी केन्द्रको केन्द्रीय कार्यालयको अवलोकनपछि बोल्दै उनले पार्टी एकतापछि कम्युनिष्ट शक्ति अभूतपूर्वरुपमा मजबुत् भएको भन्दै नेपाली कांग्रेसलाई ‘च्यवनप्राश खाएर तंग्रिन’ सुझाव दिए ।
‘कार्यालयसमेत राख्न नसकेका’ अरु कम्युनिष्ट पार्टीहरु पनि एकता प्रक्रियामा आए उनीहरुलाई पनि सम्मानजनक स्थान दिने अध्यक्ष ओलीको भनाइ थियो ।
सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता देश र जनताका लागिमात्र भएको बताए ।
यसअघि, दुवैजनाले धुम्बाराहीस्थित साविक नेकपा एमालेको केन्द्रीय कार्यालयको अवलोकन गरेका थिए ।
दुवै कार्यालयमा दुवै अध्यक्षले एउटै टेबुलमा पदबहालीसमेत गरेका थिए ।
एमाले र माओवादी केन्द्र विघटित भएर बिहीबार नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि शुक्रबार दुवै अध्यक्ष दुवै कार्यालयमा पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्