२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


‘हेमबहादुर मल्ल पुरस्कार’ उमेश मैनालीलाई


0
Shares

नेपाल जनप्रशासन संघले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले मैनालीलाई दुई लाख रुपैयाँ नगदसहित सम्मान गरे ।

मैनालीले नेपालको प्रशासनमा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको नेपाल जनप्रशासन संघले जनाएको छ ।

सम्मान ग्रहण गर्दै मैनालीले सम्मानले थप जिम्मेदारी बढाएको बताए ।

कार्यक्रममा साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मीदास मानन्धरले सरकारी र निजी क्षेत्रको संयुक्त लगानीमा स्थापित संस्थाले गुणस्तरीय बिक्री–वितरणलाई प्राथमिकता दिँदै आएको बताए ।

उनले क्षमताले भ्याएसम्म उद्योग स्थापना गर्दै लैजाने पनि बताए ।

‘हेमबहादुर मल्ल पुरस्कार’ यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा. बिमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा. सुरेशराज शर्मा र खिलराज रेग्मीलाई प्रदान गरिएको थियो ।