२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


माओवादी केन्द्र चलाउन नसकेर प्रचण्डले पार्टीलाई एमालेमा विलय गराएः डा. भट्टराई


0
Shares

काठमाडौं, जेठ ५ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी चलाउन नसकेर पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीलाई एमालेमा विलय गराएको आरोप लगाएका छन् ।

सत्ता र स्वार्थ मिलेर एमाले र माओवादीबीच एकता भएको भन्दै उनले एकता धेरै नटिक्ने भविश्वाणी पनि गरे ।

पोखरामा भएको कार्यक्रममा डा. भट्टराईले, जसरी बैंक कमजोर भएपछि मर्ज हुन्छ, त्यसैगरी दुई पार्टीबीच मर्ज भएको हो भन्ने टिप्पणी गरे ।

यो मर्जरले ५ वर्ष त लैजाला तर त्यसपछि भन्न सकिँदैन उनको भनाइ छ ।

माओवादी आन्दोलनको सम्पूर्ण इतिहास, त्याग र बलिदान भुलेर दाहाल सत्ता स्वार्थमा लागेको आरोप भट्टराईको छ ।