इलाम । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आगामी मङ्सिर अन्तिमसम्ममा पार्टीको तल्लो तहसम्म सबै एकताको कार्य गरिसकिने बताएका छन् ।
आज इलाममा पत्रकारसंग कुरा गर्दै उनले एकताका सबै काम भइसकेकाले अब निर्णय हुन मात्र बाँकी रहेको बताए ।
खनालले अहिलेको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भए पनि अहिले नै यसको आलोचना गर्ने बेला नभएको बताए ।
नेकपाकै उपनेता सुवास नेम्वाङले मुलुक सङ्घीयतामा गएपछि नयाँ ढङ्गले काम गर्नु पर्दा सरकारको काममा केही ढिलासुस्ती भएको बताए ।
इलाममा आयोजित पार्टी जिल्ला कमिटीले आयोजना गरेको चियापान समारोहमा बोल्दै नेम्वाङले भने, “पुराना सरकारले भताभुङ्ग बनाएका कामलाई सम्हाल्दैमा बित्दैछ ।”
उपनेता नेम्वाङले आफूहरुले जे प्रतिबद्धता गरेर चुनावमा मत ल्याएको हो ती प्रतिबद्धतासमेत बिस्तारै पूरा हुँदै गएको बताए ।









प्रतिक्रिया दिनुहोस्