Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


राप्रपाका तीन वटा समूहबीचको एकता प्रक्रिया अवरुद्ध


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न समूहहरुबीच हुने भनिएको एकता प्रयास तत्कालका लागि टरेको छ ।

राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीककृत राप्रपा राष्ट्रवादीबीच एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताईरहँदा एकाएक प्रक्रिया अवरुद्ध भएको हो ।

बैकल्पिक राष्ट्रवादी शक्ति निर्माण गर्ने भन्दै केहि दिनदेखि राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबरा र एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनी छलफलमा जुटेका थिए ।

पार्टीका दोस्रो तहका नेताहरुले पार्टी एकता अन्तिम चरणमा पुगेको दावी गरिरहेको बेला आईतबार दिउँसो एकाएक एकता प्रयास स्थगित गरियो ।

चुनाव चिन्ह र नेताहरुको व्यवस्थापनमा कुरा नमिलेपछि एकता प्रयास एकाएक स्थगित भएको दाबी गरिएको छ ।

तीन वटै घटकभित्रका नेताहरुको व्यक्तिगत स्वार्थका कारण एकता प्रयास धकेलिएको टिप्पणी गरिएको छ ।

राप्रपाका नेता भुवन पाठकले पार्टीको सिद्धान्त र नेतृत्वमा कुनै विवाद नरहेपनि गृहकार्य नपुगेकाले एकता केहि दिन पर सरेको दावी गरे ।

स्रोतका अनुसार राप्रपा प्रजातान्त्रिकभित्र नेताहरुको व्यवस्थापनमा समस्या देखिएको छ ।

आन्तरिक व्यवस्थापन मिलाउन अध्यक्ष राणाले २ हप्ताको समय माग गरेका थिए ।

यस्तै, एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष लोहनीले पनि एकताको लागि केहि समय माग गरेका थिए ।

राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले परस्कृत र मजबुत ढंगले एकताको लागि थप छलफल आवश्यक परेकाले एकता केहि दिन पर सरेको दावी गरे ।

२०७२ साल फागुनमा एकता महाधिवेशन गरेको राप्रपा त्यसपछि फुटेर तीन चिरामा विभाजन भएको छ ।