काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष इतरका नेताहरुबीच आज छलफल भएको छ ।
काठमाडौंको मण्डिखाटारस्थित सुजाता कोइरालाको निवासमा भएको भेलामा महासमिति बैठकमा कसरी एकजुट भएर प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको जनाइएको छ ।
पार्टीलाई सुदृढ बनाउन सामूहिक रुपमा अघि बढ्ने निष्कर्ष समेत बैठकले निकालेको बुझिएको छ ।
विधान संशोधनको प्रक्रिया चलिरहेको बेला देउवाले विधान विपरित विजयकुमार गच्छदारलाई उपसभापति बनाएको आरोप लगाउदै पौडेल, सिटौला र सिंह पक्ष रुष्ट बनेका छन् ।
छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, डा रामशरण महत, डा.शेखर कोइराला, सुजाता कोइराला र अर्जुन नरसिंह के.सी सहभागी थिए । पूर्व महामन्त्री कृष्ण सिटौला भने भेलामा सहभागि थिए ।









प्रतिक्रिया दिनुहोस्