
कन्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै उनको परिवारले सुरु गरेको अनिश्चितकालिन धर्ना दोस्रो दिन आज पनि जारी छ ।
पीडित परिवार र नागरिक समाज संघर्ष समितिले निर्मलाको घटनाका दोषिलाई कानुनी दायरामा ल्याउनुपर्ने माग राख्दै हिजोबाट जिल्ला प्रशासन कार्यालयको गेट अगाडि धर्ना सुरु गरेका थिए ।
उनीहरुले सरकारले आफूहरुका माग पुरा नगरेसम्म धर्ना जारी राख्ने बताएका छन् ।
यता, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले पीडित परिवारले राखेको मागबारे गृह मन्त्रालयमा जानकारी गराएको बताएका छन् ।
उनले अपराधी पत्ता लगाउने काम प्रहरी प्रशासनको भएको भन्दै सम्बन्धित निकायलाई गृह प्रशासन र स्थानीय प्रशासनले समेत निर्देशन दिएको बताए ।
यस्तै, सरकारले आफूहरुका माग वेवास्ता गरे जिल्ला प्रशासनकै अगाडि आमरण अनसन बस्ने चेतावनी पीडित परिवारले दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्