
दाङ, जेठ ७ । दाङका किसान पशुको कृत्रिम गर्भाधानतर्फ आकर्षित भएका छन् ।
ठाउँठाउँमा सहज रुपमा पशुको कृत्रिम गर्भाधान सेवा उपलब्ध भएपछि झन्झटिलो पना पनि हटेको किसानको भनाइ छ ।
पशुमा कृतिम गर्भाधान गराउँदा दूधको उत्पादन बढ्ने र नश्ल सुधार हुने भएकाले किसानको आकर्षण बढेको हो ।
किसानहरुले पशुको कृत्रिम गर्भाधान गराउन पशु सेवा शाखाबाटै सेवा लिन थालेका हुन् ।
विभिन्न प्रजातीका पशुमा कृत्रिम गर्भाधान गराइने भएपछि पशु पालनमा कृषकलाई सहजता मिलेको छ ।
पशुको कृत्रिम गर्भाधान गराईने भएसँगै कृषकहरु सम्वन्धित स्थानमा गएर यसको सेवा सुविधाको बारेमा जानकारी लिने गरेका छन् ।
पशु सेवा शाखा तुलसीपुरका शाखाका प्राविधिक मानबहादुर कुसारीले यो सेवा लिने कृषकको संख्या बढ्दै गएको बताए ।
आवश्यकता अनुसार कृत्रिम गर्भाधान गरी भाले वा पोथी जातको पशु उत्पादन गराउन सकिने उनले जानकारी दिए ।
दाङमा चालू आर्थिक वर्षको ९ महिनामा करिब साढे आठ सय पशुको कृत्रिम गर्भाधान गराइएको छ ।
प्रतिक्रिया दिनुहोस्