
प्रदेश नम्बर–४ कास्की जिल्लाअन्तर्गत् अन्नपूर्ण गाउँपालिकामा अन्नपूर्ण सेन्चुरी महोत्सवअन्तर्गत् अन्नपूर्ण म्याराथन प्रतियोगिता हुन लागेको हो ।
चार दिनसम्म चल्ने म्याराथन अन्नपूर्ण आधारशिविरदेखि घान्द्रुकसम्म हुनेछ ।
विजेतालाई एक लाख, उपविजेतालाई ७० हजार, तेस्रो हुनेलाई ५० हजार तथा सातजनालाई सान्त्वना पुरस्कारबापत ८ हजार रुपैयाँ दिइनेछ ।
‘पर्यटनका लागि सबै मौसम’ भन्ने नाराका साथ विविध कार्यक्रम गरी ‘अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव’ मनाउन लागिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्