
ताप्लेजुङ, जेठ ८ । ताप्लेजुङको ओलाङचुङगोलाबासीले बुनेको गलैंचाले तिब्बतमा राम्रो बजार पाउन थालेको छ ।
बर्षेनी यहाँ उत्पादित पाँच सयभन्दा बढी गलैंचा तिब्बतको बजारमा पुग्ने गरेको स्थानीयले बताएका छन् ।
तान लगाएर हातले बुनेको गलैंचा निकै आकर्षक र टिकाउ हुने भएकाले तिब्बतमा राम्रो बजार पाएको व्यवसायीले बताएका छन् ।
एक जना व्यवसायीले कम्तिमा पनि वर्षमा १५ वटासम्म गलैंचा तिब्बतमा लगेर बेच्ने गरेको स्थानीय छेतेन शेर्पाले जानकारी दिए ।
ओलाङचुङगोलाका ८० प्रतिशत परिवारले गलैंचा बुन्ने गरेका छन् । स्थानीय स्तरमा पाईने उनको धागो र बजारमा पाईने धागो दुवैको प्रयोग गरेर गलैँचा बुन्ने गरिएको छ ।
न्यूनतम ११ हजारदेखि २० हजार रुपैयाँभन्दा बढीमा यहाँका गलैंचा बिक्री हुने गरेका छन् । स्थानीय स्तरमा पाईने उनबाट बुनिएको गलैंचा गुुणस्तरीय मानिन्छ ।
ओलाङचुङगोलाका व्यवसायीले गलैंचा बिक्री गरेर तिब्बतबाट खाद्यान्न लगायतका सामग्री ल्याउने गर्दछन् ।
त्यहाँका महिलाले घरको अन्य काम भ्याएर पनि वर्षमा १५ वटासम्म गलैंचा बुनेर बेच्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्