७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


६ आयोगका लागि सचिव तोकियो


0
Shares

काठमाडौं, कात्तिक २५ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपालको संविधानले व्यवस्था गरेको ६ आयोगका लागि सचिव पठाउने निर्णय गरेको छ ।

मन्त्रालयको आइतबार बसेको मन्त्रिस्तरीय बैठकको निर्णयबाट राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, मुस्लिम आयोग, मधेसी आयोग, आदिवासी जनजाति आयोग र थारू आयोगका लागि सचिवहरु पठाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

मन्त्रालयमा कार्यरत् सहसचिवलाई आयोगका सचिवमा कामकाजका लागि तोकिएको हो ।

आयोगद्वारा खटाइएका सचिवमा राष्ट्रिय दलित आयोगमा पुरुषोत्तम नेपाल, राष्ट्रिय समावेशी आयोगमा सुरेश अधिकारी, मुस्लिम आयोगमा केदारप्रसाद पनेरु, मधेसी आयोगमा भूपाल बराल, आदिवासी जनजाति आयोगमा रुद्रसिंह तामाङ र थारू आयोगमा रुपनारायण भट्टराईलाई तोकिएको हो । रासस