
सार्वजनिकस्थलमा धूमपान गर्न नहुने कानुनको पालना गराउनसमेत सरोकारवाला निकायहरु असफल भएका छन्
सार्वजनिक स्थानमा धूमपान गरेमा सजाय हुने कानुन लागू भएको ७ वर्ष भइसक्यो । तर, यसको पालना भने कहिँ–कतै भएको देखिँदैन । मानिसहरु निर्धक्कसँग सार्वजनिकस्थलमा धूमपान गरिरहेको यत्रतत्र देख्न पाइन्छ ।
ऐन–कानुन यथेष्ठ भएपनि कार्यान्वयनमा कडाइ नहुँदा स्थिति जस्ताको तस्तै रहेको छ ।
दुई/चार दिन कडाइ गर्ने र सुस्ताउने प्रवृत्तिले गर्दा सन्तोषजनक प्रतिफल नमिलेकोमा शंका छैन ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सन्चार केन्द्रका मेडिकल अधिकृत शशी कँडेलकाअनुसार नेपालमा सुर्तीजन्य सेवनले वार्षिक १५ हजार मानिसको मृत्यु हुन्छ ।
कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका र गर्भवती महिलालाई सुर्तीजन्य सामग्री बिक्री गर्न पाइँदैन ।
तर, अधिकांश बिक्रेताहरु यस विषयमा सुसूचित छैनन् भने थाहा हुनेहरुले पनि अटेर गर्ने गरेका छन् । सरोकारवालाहरु जनचेतना अभिवृद्धिमा असफल भएको यसबाट पुष्टि हुन्छ ।
सार्वजनिक स्थानमा धूमपान गर्नुहुँदैन भन्ने विषयमा सर्वसाधारणलाई यथेष्ट जानकारी दिनुपर्ने अहिलेको आवश्यकता देखिन्छ ।
सरकारले सुर्तीजन्य सामग्रीका ‘प्याकिङ’को ९० प्रतिशत भागमा घातक रंगिन चित्र र सन्देश हुनुपर्ने नियम पनि लागू गरेको छ ।
तर, देशको सबैभन्दा ठूलो चुरोट उत्पादक सूर्य टोबाले यो नियमको पनि पालना गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्