
कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन मंगलबार सुर्खेतको वीरेन्द्रनगर पुगेका गृहमन्त्री थापाले सन्चारकर्मीहरुसँग कुरा गर्दै ‘सिन्डिकेटकै कारण देश पछाडि परेकाले सबैखाले सिन्डिकेट तोड्नु आफ्नो मुख्य काम हो’–भने ।
उनले देशमा सिन्डिकेटसँगै माफिया र तस्करकोसमेत जालो फैलिएकाले सरकार उनीहरुलाई निस्तेज पार्न प्रतिबद्ध रहेको बताए ।
प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा कर्णाली प्रदेशका १० जिल्लाका सुरक्षा अधिकारीसँगै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलगायतको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्