२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


स्थानीय तहले विकासको गति लिन सकेनन्, कता अलमलिए जनप्रतिनिधि ?


0
Shares

रविन भट्टराई/ईमेज:
झापा, जेठ ९ । गाउँ गाउँमा सिंहदरबारको सेवा दिने भन्दै स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष पुरा भएको छ ।

झापाका जनप्रतिनिधिले आफ्नो काम गर्ने अवधिको एक वर्ष घटाए पनि चुनावका बेला नागरिक माझ गरेको प्रतिबद्धता कार्यान्वयन हुन सकेको छैन ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि जनताको अपेक्षा अनुसारको सेवाप्रवाह चुस्त र सहज बन्ने आसा झापाबासीको थियो ।

तर चुनावको माहोलमा ठूला ठूला विकासे नारा र एजेन्डाले जनता पट्याएका जनप्रतिनिधिले भने जस्तो काम एक वर्षको अवधिमा देखाउन नसकेको स्थानीय बताउँछन् ।

एक वर्षसम्म कार्यालय व्यवस्थापन र कर्मचारीको परिपूर्तिमै अल्झेका जनप्रतिनिधिले विकासतर्फ खासै ध्यान पुर्‍याएको देखिदैन ।

पहिलो अभ्यास भएको तथा नीति, नियम कानुन र अपर्याप्त बजेटका कारण पनि जनप्रतिनिधिको कामले गति लिन सकेको छैन ।

स्थानीय सरकारले केवल बाटो र भवन निर्माणको काम बाहेक अन्य विकासलाई प्राथमिकतामा नराखेको गुनासो स्थानीय गर्छन् ।

तर जनप्रतिनिधिको पाँच वर्षको अबधि भएकाले बाँकी समयमा पनि केहि त गर्लान भन्ने झिने आशा भने नागरिकमा अझै छ ।

७ वटा गाउँपालिका र ८ वटा नगरपालिका गरी १५ वटा स्थानीय तह रहेको झापा जिल्लाका प्राय सबै स्थानीय तहले वडाबाट नागरिकलाई सेवा दिने प्रशासनिक काम बाहेक सडक र सिंचाइलाई मात्र प्राथमिकता दिएर काम गरिरहेको देखिन्छ ।

सो कामले मात्र स्थानीय सन्तुष्ट छैनन् । झापामा एक वर्षको अवधिमा स्थानीय सरकारले अपेक्षाकृत उपलब्धि दिन नसकेको स्वयं जन प्रतिनिधि पनि स्वीकार्छन् ।

तर पनि एक वर्षमा जे जति काम भएको छ त्यो पनि उपलब्धिमूलक भएको र चुनावमा गरेका बाचा ५ वर्षभत्र पुरा हुने गरी काम गरिरहेको उनीहरुको तर्क छ । बिर्तामोड नगरपालिका वडा नंबर ५ का वाडाध्यक्ष राजेन्द्र लिङ्देन ।

यसरी जनतामा रहेको निराशा र उत्साहहीन अवस्थालाई गम्भीरतापूर्वक मनन् गरी जनप्रतिनिधिले कामको रफ्तारलाई अझ बढाउन सके मात्र सिंहदरवारको अधिकार गाउँ गाउँमा भन्ने नाराले सार्थकता पाउनु सक्छ ।