७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


मुलुकलाई समृद्ध बनाएरै छाड्छौं : उपप्रम पोखरेल


0
Shares

पाँचथर, कात्तिक २५ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले प्रतिबद्धताहरु क्रमशः कार्यान्वयन गर्दै अघि बढ्ने बताएका छन् ।

आइतबार पाँचथरको फिदिममा १३४औं फाल्गुनन्द जयन्तीको अवसरमा बोल्दै उनले वर्तमान सरकारले मुलुकलाई समृद्ध बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

सामाजिक सद्भाव कायम गर्न महागुरु फाल्गुनन्दले अन्त्यन्तै प्रंशसनीय कार्य गरेकाले सरकारले उनलाई सदैव सम्मान गरिरहने पनि उनले बताए ।

सो अवसरमा मन्त्री पोखरेलले फिदिम–१ स्थित शिवालयछेउमा निर्माण गरिएको सबैभन्दा अग्लो फाल्गुनन्दको सालिक र सुम्हात्लुङ मन्दिरमा रहेको सालिकको अनावरणसमेत गरेका थिए ।