७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


तुलाधरले मानवअधिकारको क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा


0
Shares

काठमाडौं, कात्तिक २५ । वरिष्ठ मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको स्मृतिमा नेपाल शान्ति प्रष्ठिानले आइतबार काठमाडौंमा शोकसभा आयोजना गरेको छ ।

कार्यक्रममा विद्याधर मल्लिक, दमननाथ ढुंगाना, भोजराज पोखरेल, धीरेन्द्र विष्ट, विमलेन्द्र निधि, भीम रावल, गगन थापालगायतले स्व. तुलाधरले मानवअधिकारको क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरे ।

तुलाधर जनताको हकहित र लोकतन्त्रप्रति प्रतिबद्ध व्यक्तित्व रहेको भन्दै उनीहरुले समाजका सबैखाले विभेदलाई अन्त्य गर्नुपर्ने उनको धारणा रहेको बताए ।