
अपांगता भएका व्यक्तिहरुको सशक्तिकरणका लागि ‘इन्गेज’ नामक गैरसरकारी संस्थाले सो प्रतियोगिता आयोजना गर्न लागेको हो ।
बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत् प्रतियोगिताको औपचारिक घोषणा गरियो ।
प्रतियोगितामा कुल १४ ओटा ह्वीलचेयर बास्केटबल टोलीले सहभागिता जनाउनेछन् ।
टर्किस एअरलाइन्सले मुख्य प्रायोजन गरेको लिगलाई नेपालस्थित स्वीस दूतावास र गभरनेन्स फ्यासिलिटीको पनि सहयोग रहेको छ ।
पुरुषतर्फ ९ तथा महिलातर्फ ५ टोली सहभागी प्रतियोगितामा कुल १३४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणका खेलहरु बखुन्डोलस्थित द ब्रिटिस स्कुल, नेपाली सेनाको छाउनी ब्यारेक र माइतीघरको सेन्ट जेभियर्स कलेजमा हुनेछन् भने फाइनल खेल दशरथ रंगशालाको कभर्डहलमा हुनेछ ।
प्रतियोगिता अवधिभर ह्वीलचेयर बास्केटबलसँगै अपांगता भएका नागरिकको अधिकार तथा लैंगिक समानताबारे चेतना फैलाउन विभिन्न कार्यक्रम हुनेछन् ।
प्रतियोगितामा पहिलोपटक काठमाडौंबाहिरका तीन टोली सहभागी हुँदैछन् । पुरुषतर्फ चितवन, पोखरा र नेपालगन्जबाट टोलीहरु सहभागी हुने भएका हुन् ।
प्रतियोगिताको अघिल्लो संस्करणमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब तथा महिलातर्फ ह्वीलचेयर स्पोर्ट्स एसोसिएसनले उपाधि जितेका थिए ।
प्रतिक्रिया दिनुहोस्