
बुधबार राजधानीमा आयोजित कार्यक्रममा टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले सन्दीपलाई तीन वर्षका लागि एम्बेसडर घोषणा गरेको हो ।
सिप्रदीका सीइओ राजनबाबु श्रेष्ठले कम उमेरमै सन्दीपले नेपालको नाम राखेको भन्दै सन्दीपको क्रिकेट र आफूहरुको उपभोक्तालाई सेवा दिने ‘प्यासन’ उस्तै रहेको उल्लेख गर्दै एम्बेसडर घोषणा गरेको जनाए ।
श्रेष्ठले सन्दीपलाई एम्बेसडर घोषणा गर्दै टाटा मोटर्सको एउटा टिगोर कारको साँचो हस्तान्तरण गरे ।
सिप्रदीले यसअघि नेपाली क्रिकेटरहरु आरिफ शेख र सुनील धमलालाई डेढ वर्षका लागि प्रायोजन गरेको थियो ।
यसैबीच, मंगलबार नेपाल फर्किएका सन्दीपको सम्मान हुनेक्रम सुरु भएको छ ।
बुधबारै उनलाई यति कार्पेटले एक लाख रुपैयाँसहित सम्मान गर्यो ।
राजधानीको डीएभी स्कुलमा भएको कार्यक्रममा बोल्दै सन्दीपले विद्यार्थीहरुलाई पढाइका साथसाथै आफूलाई मनपर्ने क्रियाकलापमा पनि जोड दिन र निरन्तरता दिन सुझाव दिए ।
इन्डियन प्रिमियर लिग (आइपीएल)को दिल्ली डेयरडेभिल्स टोलीमा आवद्ध सन्दीपले अन्तिम तीन खेल खेल्दै पाँच विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्