
परमाणु परीक्षण केन्द्र प्योङगी–रिमा लगिएका विदेशी सन्चारकर्मीहरुले उनीहरुले ठूलो विस्फोट देखेको बताएका छन् ।
उत्तरी पहाडी क्षेत्रमा रहेको परमाणु परीक्षण केन्द्रको सुरुङ ध्वस्त गर्दा कुनै पनि अन्तर्राष्ट्रिय निरीक्षकलाई भने जाने अनुमति दिइएको थिएन ।
उत्तर कोरियाले परमाणु परीक्षणस्थल नस्ट गर्नका लागि मे २३ देखि २५ भित्र प्राविधिक कदम चालिने जनाएको थियो ।
कोरियाली प्रायद्वीपमा तनाव कम गर्न उत्तर कोरियाले यो कदम चालेको बताइएको छ ।
उत्तरले दक्षिण कोरिया र अमेरिकासँग कूटनीतिक सम्बन्ध मजबुत् बनाउन आफ्नो परमाणुस्थल नस्ट गर्ने जनाएको थियो ।
तर, वैज्ञानिकहरुले भने सन् २०१७ को सेप्टेम्बरमा गरिएको परमाणु परीक्षणपछि उक्त केन्द्र आशिंकरुपमा ध्वस्त भएको र उपयोग गर्न लायक नभएको विश्वास गर्छन् ।
उत्तर कोरियाले सन् २००६ यता उक्त केन्द्रबाट ६ ओटा आणविक परीक्षण गरेको थियो ।
यो उत्तरको मुख्य परमाणु परीक्षण केन्द्र र विश्वमा रहेको अहिलेको एकमात्र सक्रिय परमाणु परीक्षणस्थल मानिन्छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्