१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


क्रिकेटर सन्दीप चितवनमा, सेल्फी खिच्नेको भीड (भिडियो)


0
Shares

एक्लै चितवन आएका सन्दीपलाई भरतपुर विमानस्थलमा उनका दिदी–भिनाजुले स्वागत गरेका थिए ।

नितान्त पारिवारिक भेटघाटका लागि आएकाले कसैलाई पनि खबर नगरेको उनले सुनाए ।

विमानस्थलबाट बाहिरिँदा भने उनलाई समर्थकहरुले स्वागत गरेका थिए । उनीसँग सेल्फी खिच्नेहरुको एकाएक भीड नै लागेको थियो ।

विमानस्थलमा सन्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले क्रिकेटकै माध्यमबाट आफ्नो देशका लागि केही गर्ने लक्ष्य रहेको बताए ।

आइपीएल खेल्दा धेरै कुुरा सिकेको भन्दै आगामी खेलहरुमा त्यो सीप उतार्ने उनको भनाइ थियो ।

नेपालको क्रिकेट विकासका लागि सम्बन्धित निकाय निकै गम्भीर बन्नुपर्ने र सबैले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा उनले जोड दिए ।

अब देशका लागि राम्रो क्रिकेट खेल्ने भन्दै उनले छिट्टै नेपालले खेल्ने एक दिवसीय र ट्वेन्टी–२० अन्तर्राष्ट्रिय खेलमा राम्रो प्रदर्शन गर्ने बताए ।

भिडियो हेर्नुहोस्