
एन्फाका नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाको टोलीलाई एएफसीको मुख्यालय मलेसियाको क्वालालम्पुरमा स्वागत गर्दै एएफसीले एक करोड ३० लाख रुपैयाँ सहयोग गरेको हो ।
सम्झौतापत्रमा एएफसीका महासचिव दातो विन्डसोर जोन र एन्फाका महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेका छन् ।
एएफसीले ‘ग्रासरुट’ क्षेत्रको विकास र प्राविधिक क्षेत्र विकासका लागि भन्दै सहयोग गरेको एन्फा महासचिव तुलाधरले जानकारी दिए ।
एएफसीले सन् १९७१ देखिको आफ्नो सदस्य राष्ट्र नेपाली फुटबल विकासका लागि सक्दो सहयोग गर्ने वचन दिएको छ ।
एएफसीले नेपालमा चार वर्षदेखि रोकिएको ‘ए’ डिभिजन लिग हुन लागेकामा पनि खुसी व्यक्त गरेको एन्फाले शुक्रबार जनाएको छ ।
एन्फाबाट अध्यक्ष शेर्पासँगै उपाध्यक्ष पंकज नेम्वाङ र महासचिव तुलाधर मलेसिया गएका हुन् ।
प्रतिक्रिया दिनुहोस्