२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


राष्ट्रिय परिचयपत्र: जेठ २५ गतेदेखि विवरण संकलन गरिने


0
Shares

पाँचथर, जेठ १२ । पाँचथरमा राष्ट्रिय परिचयपत्र वितरण गर्न यही जेठ २५ गतेदेखि विवरण संकलन गरिने भएको छ ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशक शिवराम जोशीले विवरण संकलनमा सहयोग गर्न राजनीतिक दलका प्रतिनिधि र स्थानीय तहका प्रमुखलाई आग्रह गरे ।

पहिलो चरणमा १ लाख १७ हजार राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी छ ।

जसमध्ये पाँचथरमा १ लाख १० हजार परिचय पत्र वितरण गरिनेछ भने बाँकी सात हजार परिचयपत्र सिंहदरबारका कर्मचारीलाई वितरण गरिने छ ।

परिचयपत्रमा सुरुमा व्यक्तिको वैयक्तिक र जैविक विवरण समावेश गरिनेछ ।

मेमोरी चिप्ससहितको मेसिन रिडेवल कार्ड हुने भएकाले पछिबाट यसमा आवश्यक अन्य सम्पूर्ण विवरणसमेत अटाउन सकिने बताइएको छ ।

तत्काललाई नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका र नागरिकता लिन योग्यता पुगेकालाई परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचयपत्र ब्यवस्थापन केन्द्रले जनाएको छ ।