
रिपोर्टर्स क्लबमा शनिबार आयोजित साक्षात्कारमा उनले भने–‘प्रशासनिक क्षेत्रमा रहेको संक्रमणकाल असार महिनाभित्र टुंगो लगाउने तथा कर्मचारीको व्यवस्थापन संघीय ढाँचाअनुसार गरिनेछ ।’
उनले राष्ट्रसेवक तथा जनप्रतिनिधिबीचको समन्वय गरेर संघीय शासन सफल पार्ने बताए ।
मन्त्री पण्डितले आफूले सम्हालेको मन्त्रालयले १०० दिनमा गर्नैपर्ने प्रारम्भिक काम ९० प्रतिशत पूरा गरेको दावी पनि गरे ।
उनले नीति तथा कार्यक्रमले सकारात्मक विकासको संकेत गरेको बताउँदै अब प्रस्तुत् हुने बजेटले छर्लंग हुने गरी स्पस्ट विकासको खाका आउने र विपक्षीले पनि समर्थन गर्नै अवस्था रहने बताए ।
राष्ट्रिय जनता पार्टीका नेता महेन्द्रराय यादवले संविधान संशोधनजस्ता मधेसी जनताको पक्षमा वर्तमान सरकारले काम नगरेको आरोप लगाउँदै सरकारलाई राजपाले दिँदै आएको समर्थन फिर्ता लिनका लागि सोच्नुपर्ने दिन आइसकेको बताए ।
उनले भने–‘मधेसी जनताको काम गर्दैन भने हामीले किन सरकारलाई समर्थन दिइरहने ?’
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सन्जय गौतमले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले जनतालाई सपना बाँड्नेबाहेक ठोस काम नगरेको बताए ।
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा विकास निर्माण गर्ने कुनै कार्यक्रम नभएको बताउँदै रेल ल्याउने सपना बाँड्नुभन्दा पूर्व–पश्चिम राजमार्ग, राष्ट्रिय गौरवका योजना पूरा गर्न सरकारलाई सल्लाह दिए ।
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले जनताले सरकारको व्यवहारलाई नियालिरहेको र परिणाम प्राप्त हुने काम खोजिरहेको बताए । रासस
प्रतिक्रिया दिनुहोस्