Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


मुख्यमन्त्री राई संघीय सरकारलाई थाहै नदिइ अमेरिका !


0
Shares

काठमाडौं, कात्तिक २५ । उपचार गर्न थाइल्याण्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेका छन् ।

प्रदेश छाडी देशभित्रै पनि हिँडडुल गर्न संघीय सरकारको अनुमति लिनुपर्ने नियम छ । कात्तिक १६ गते बैंकक प्रस्थान गरेका राईले अमेरिका जान संघीय मन्त्रिपरिषदसँग अनुमति लिएका छैनन् ।

उनको भ्रमणबारे ‘जानकारी नभएको’ परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘निजी खर्चमा उपचार गर्न थाइल्याण्ड जान लागेको पत्रिकामा पढेको थिएँ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘उपचारै गर्नका लागि परराष्ट्रलाई सोधिरहन पर्दैन ।’ –कान्तिपुर दैनिकबाट