
प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठकाअनुसार झाडापखालाका कारण २०० भन्दा बढी बिरामी भएको खबर पाएलगतै शनिबार दिउँसो औषधिसहित स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको छ ।
स्वास्थ्यकर्मीको टोलीले स्थानीयस्तरमा नै बिरामीको उपचार गरिरहेको छ ।
झाडापखालाका गम्भीर २३ जना बिरामीलाई थप उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ल्याइएको छ ।
शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले दूषित पानीका कारण झाडापखाला लागेको बताए ।
स्थानीय माइलीपानी मुहानको पानी उपभोग गर्दै आएका उनीहरु बिरामी परेका हुन् । रासस
प्रतिक्रिया दिनुहोस्