२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सिन्धुलीगढीमा गर्विलो इतिहास, अंग्रेजविरुद्धको युद्धमा विजय प्राप्त गरेको दिनको सम्झना


0
Shares

सिन्धुली, कात्तिक २४ । वि.सं. १८२४ कात्तिक २४ गते सिन्धुलीगढीमा गोर्खाली सेनाले अंग्रेजविरुद्धको युद्धमा विजय प्राप्त गरेको दिनको सम्झनामा शनिबार सिन्धुलीमा विजयोत्सव दिवस मनाइएको छ ।

२५१ वर्षअघि तत्कालीन गोर्खाली सेनाले घरेलु हतियारको भरमा आधुनिक हतियारले सुसज्जित दुई हजार ४०० अंग्रेज फौजलाई तहसनहस बनाएको इतिहास छ ।

शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा वीर पुर्खाको स्मरण गर्नुका साथै अंग्रेजलाई परास्त गर्दा प्रयोग गरिएका घरेलु हातहतियार तथा सांस्कृतिक झलकहरु प्रस्तुत् गरिएको थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो युद्धमा गोर्खाली सेनाले गुलेली, खुकुरी, खुर्पाजस्ता घरेलु हतियार तथा अरिंगाल र बारुलालाई बिच्काएर अंग्रेजलाई परास्त गरेका थिए ।