
जनकपुर, जेठ १४ । नेपाल कम्युनिष्ट पार्टीले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
प्रदेश सभाको दोश्रो अधिवेशनमा बोल्दै एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले जुन विश्वास र आशाका साथ सरकारलाई समर्थन गरिएको थियो, त्यसअनुसार काम नगरेको र सरकारको गति एकदमै सुस्त भएको उनले बताए ।
साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा आफूहरुसँग सल्लाह नै नगरी मानमर्दन गर्न खोजेको उनको भनाइ थियो ।
एमाले र माओवादी मिलेर बनेको नेकपाले समर्थन फिर्ता लिए पनि सत्तारुढ संघीय समाजवादी फोरम र राजपाको बहुमत छ ।
प्रतिक्रिया दिनुहोस्