२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नेकपाले दल दर्ताका लागि आवश्यक कागजात आयोगमा बुझायो


0
Shares

नेपाल कम्युनिष्ट पार्टीका नेता सुवासचन्द्र नेम्वाङ नेतृत्वको टोलीले सोमबार निर्वाचन आयोगमा पुगी दल दर्ताका लागि केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहितको कागजात निर्वाचन आयोगलाई उपलब्ध गराएको हो ।

नेकपाले दल दर्ताका लागि अत्यावश्यक नियमावली भने बुझाएको छैन ।

कागजात बुझाउन आयोग पुगेका नेता नेम्वाङले सन्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै नियमावली बनिसकेपछि थप कागजातहरु पेस गरिने बताए ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टीले जेठ ३ गते दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि दल दर्ता भएको सूचना प्रकाशित गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नवगठित नेपाल कम्युनिष्ट पार्टीको नाममा ‘अन्डरलाइन’समेत थपेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ ।

निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी यसअघि नै दर्ता गरिएकाले आफूहरूले नाममा ‘अन्डरलाइन’ थप्नुपरेको पनि नेता नेम्वाङले स्पस्ट पारे ।