१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


१३ खर्ब १५ अर्बको बजेट प्रस्तुत्, आर्थिक वृद्धि ८ प्रतिशत पुर्‍याउने लक्ष्य


0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा मंगलबार १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

सरकारले चालू खर्चतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ छुट्याएको छ । जुन कुल बजेटको ६४.३ प्रतिशत हो ।

यस्तै, पुँजीगत खर्चतर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख विनियोजन गरिएको छ । यो बजेटको जम्मा २३.९ प्रतिशत हो ।

यस्तै, वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात् ११.८ प्रतिशत बजेट विनियोजन गरिएको छ । कुल बजेट गत वर्षकोभन्दा ३७ अर्ब रुपैयाँले बढी हो ।

आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने सरकारी लक्ष्य प्रस्तुत् गरिएको छ ।

मुद्रास्फीतिलाई ६.५ प्रतिशतमा सीमित राख्ने दावी पनि बजेटमा गरिएको छ ।

आगामी आर्थिक वर्ष थप ५ लाख व्यक्तिलाई रोजगारीमा आवद्ध गर्ने दावी पनि बजेटमा गरिएको छ ।

खर्च व्यहोर्ने स्रोतमध्ये राजश्वबाट ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाख व्यहोर्दा ४ खर्ब २५ अर्ब २ करोड ८२ लाख न्यून हुनेछ ।

सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ५३ अर्ब २ करोड ८२ लाख जुटाउने सरकारी योजना रहेको छ । अझै अपुग हुने १ खर्ब ७२ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने भएको छ ।