Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


बजेटबारे यस्तो छ निजी क्षेत्रको प्रतिक्रिया


0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कृषिलगायत उत्पादन क्षेत्रको प्रवद्र्धनका लागि बोलेको बजेट सकारात्मक नै रहेको टिप्पणी गरिन् ।

उनले भनिन्–‘निजी क्षेत्रले उठाउँदै आएको कर र भन्सारको विषय अध्ययन गर्नै बाँकी रहेकाले अहिले केही भन्न सकिएन, उद्योग क्षेत्रका माध्यमबाट रोजगारी प्रदान गर्ने भने पनि आवश्यकरुपमा बजेट विनियोजन भएको देखिएन ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले ‘स्थीर सरकारका नाताले साहसिक र युगान्तकारी बजेट आउला भन्ने सोचेका थियौं तर त्यो देख्न र सुन्न पाइएन’–भने ।

उनले भने–‘रोगजारी सिर्जना गर्ने कुरा भाषणमा आएपनि उद्योग क्षेत्रलाई छुट्याएको बजेट हेर्दा त्यो सम्भावना देखिन्न, बजेट पुरानै निरन्तरता हो ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीप्रसाद ढकालले ‘ठूलो आकारको बजेटले सारा सम्बोधन गर्न खोजिएको भएपनि औद्योगिक प्रवद्र्धन कसरी गर्ने प्रस्ट छैन’–भने ।

नेपाल चेम्बर्स अफ कमर्सका पूर्वमहासचिव कमलेशकुमार अग्रवालले ‘लगानीकर्तालाई प्रोत्साहन गर्ने कुरा सकारात्मक भएपनि आन्तरिक ऋणबाट बजेटमा चलाउँछु भन्ने कुरा चुनौतीपूर्ण छ’–भने । रासस