२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


अछामका स्थानीय तहको बजेट २ अर्ब ४५ करोड ९८ लाख, सबैभन्दा कम ढकारी गाउँपालिकामा


0
Shares

अछाम, जेठ १६ । सरकारले आर्थिक वर्ष २०७५/०७६ को लागि बजेट प्रस्तुत गरेसँगै अछामका स्थानीय तहले यो वर्ष ८७ करोड ४४ लाख वित्तीय समानीकरण अनुदान पाएका छन् भने १ अर्ब ८५ करोड ५४ लाख सशर्त अनुदान पाएका छन् ।

साँफेबगर नगरपालिकाले सबैभन्दा धेरै ३७ करोड ४४ लाख पाएको छ भने ढकारी गाउँपालिकालकाको लागि सबैभन्दा कम १७ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

मंगलसेन नगरपालिकाका लागि ३१ करोड ९७ लाख, पञ्चदेवल विनायक नगरपालिकाका लागि २८ करोड २ लाख र कमल बजार नगरपालिकाका लागि २४ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस्तै तुर्माखाँद गाउँपालिकाकाको लागि २४ करोड ६८ लाख, रामारोशन गाउँपालिकाका लागि २३ करोड १ लाख, चौरपाटी गाउँपालिकाकाको लागि २० करोड ८२ लाख, मेल्लेख गाउँपालिकाका लागि २० करोड ५० लाख र वान्नीगढी जयगढ गाउँपालिकाका लागि १७ करोड ७५ लाख रुपैया वजेट विनियोजन गरिएको छ ।