२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बजेट ९५ प्रतिशत कार्यान्वयन हुन्छ : मन्त्री अधिकारी


0
Shares

नेपालको अर्थतन्त्रको क्षमतालाई ध्यान दिएर ल्याइएको बजेट कार्यान्वनयमा कुनै समस्या नहुने जिकिर पनि उनले गरे ।

बुधबार राजधानीमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले रोजगारी सिर्जना, स्वरोजगार र भौतिक पूर्वाधारलाई प्राथमिकता दिएर ल्याइएको बजेट सबैका लागि स्वीकार्य हुने दावी गरे ।

बजेटले खर्च नहुने ठाउँमा रकम दिने र पछि रकमान्तर गरेर अनियमितता गर्ने प्रवृत्तिको अन्त्य गरेको उनले बताए ।

बजेटले आर्थिक समृद्धि र विकासको ढोका खोलेको भन्दै मन्त्री अधिकारीले ९५ प्रतिशत बजेटको कार्यान्वयन हुने ठोकुवा गरे ।

आथिक वर्ष २०७५/७६ को बजेट कार्यान्वयन भएपछि त्यसपछिका आर्थिक वर्षमा बजेटको आकार बढाउन सकिने उनको तर्क छ ।

‘ऋणै–ऋणको बजेट बनाएर काम छैन । वास्तविक धरातलमा उभिएर बजेट बनाएका छौं । यो बजेट ९५ प्रतिशत कार्यान्वयन हुन्छ’–उनले भने ।

मन्त्री अधिकारीले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउन सकिने भएर नै लक्ष्य निर्धारण गरिएको जिकिर पनि गरे ।

विमानस्थल थप, स्तरोन्नति र मर्मतकार्य सम्पन्न गरेर पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्नसकिने उनको उनको भनाइ छ ।

पर्यटन क्षेत्रबाटमात्रै एक वर्षमा दुई लाखजनाले रोजगारी पाउने उनले बताए ।

सरकारी जागिर दिएर बेरोजगार हटाउन नसकिने भन्दै उनले उद्यमशीलता र स्वरोजगार बढाइने स्पस्ट पारे ।

‘सपनामा रमाउने बजेट होइन, यथार्थको बजेट हो’–मन्त्री अधिकारीले भने–‘हजार माइल यात्रा गर्नका लागि पहिलो पाइलबाट सुरु गरेका छौं ।’