
कैलाली जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले शुक्रबार उनलाई सो मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो ।
गत फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसको दिन उनले गाउँकै राधा चौधरीलाई बोक्सी भन्दै निर्घात् कुटपिट गरेर चरम यातना दिएका थिए ।
सार्वजनिक स्थानमा युवतीहरुलाई यातना दिनका लागि सघाउने रामबहादुर उर्फ ‘भोलेबाबा’का सहयोगीहरुलाई पनि कैद सजायसहित जरिवानाको फैसाला गरेको कैलाली जिल्ला अदालतले जानकारी दिएको छ ।
अदालतकाअनुसार पार्वती भनिने किस्मती चौधरीविरुद्ध एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरिएको छ । किस्मतीले यातना दिनका लागि रामबहादुरलाई सघाउनुका साथै आफैंले पनि कुटपिट गरेकी थिइन् ।
यसैगरी, रामबहादुरका अर्का सहयोगी स्मारिका चौधरीलाई ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाइएको छ । उनीहरुले हेमा चौधरी र मुना चौधरीलाई पनि कुटपिट गरेका थिए ।
रामबहादुरको सहयोगीकैरुपमा पक्राउ परेका तीनजनाले भने अदालतबाट सफाइ पाएका छन् । चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीलाई निर्दोष ठहर गरी सफाइ दिइएको हो ।
प्रतिक्रिया दिनुहोस्