१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


दरबारमार्गको क्यासिनो रोयलमा झडप (भिडियो)


0
Shares

आन्दोलनरत् कर्मचारीहरुले शनिबार ज्ञापनपत्र बुझाउन जानेक्रममा व्यवस्थापन पक्षले अवरोध खडा गरेपछि झडपसमेत भएको थियो ।

व्यवस्थापन पक्षलाई आफूहरुले पटक–पटक मागहरु राख्दै आएपनि कुनै सुनुवाइ नगरेका कारण विगत चार दिनदेखि कालोपट्टी बाँधेर चरणबद्ध आन्दोलनमा उत्रन बाध्य भएको कर्मचारीहरुले बताए ।

आन्दोलन दबाउन व्यवस्थापन पक्षले ‘भाडाका गुन्डाहरु’समेत तैनाथ गरेर राखेको आरोप पनि आन्दोलनरत् कर्मचारीहरुले लगाएका छन् ।

४५ महिनादेखि सन्चयकोषमा नपठाएको रकम यथाशीघ्र दाखिला गर्नुपर्ने र सरकारले लागू गरेको न्यूनतम् तलबसमेत नदिइ वार्तामा पनि बस्न नमानेपछि आन्दोलन गरेको कर्मचारीहरुको भनाइ छ ।

कर्मचारीहरुले श्रम कार्यालयका पदाधिकारी र रोयल क्यासिनोबीच पैसाको चलखेल भएको दाबीसमेत गरेका छन् ।

रोयल क्यासिनोको व्यवस्थापन पक्षले आन्दोलनरत् कर्मचारीहरुको माग सुनुवाई गर्ने आश्वासन दिएको छ ।

भिडियो हेर्नुहोस्