भक्तपुर, कात्तिक २२ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबालु पण्डितले नेपाल सम्वत सबैको साझा सम्वत भएको बताएका छन् ।
नेपाल सम्वत ११३९ को अवसरमा आज भक्तपुरको शंखधर साख्वा चोकमा भएको कार्यक्रममा उनले नेपाल सम्वत कुनै एक जातजाति र भाषाभाषिको मात्र नभएको बताए । नेपाल सम्वतको सुरुवातको घटना सबैका लागि प्रेरणादायी भएको उनको भनाइ थियो ।
उनले राष्ट्रिय विभूति शंखधर साख्वाले ऋणमा बाँधिएका गरिब किसानलाई आफ्नै सम्पत्ति खर्च गरी ऋण मुक्त गरेको चर्चा गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल सम्वतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको बताए । उनले नेपाल सम्वत नेवार समुदायको मात्र नभई नेपालको मौलिक सम्वत भएको दाबी गरे ।
सो अवसरमा राष्ट्रिय विभुति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्