Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


कम्युनिस्ट एक भइसके, कांग्रेस अब सच्चिनुपर्छ : सिटौला


0
Shares

शनिबार नेपाली कांग्रेस चितवनले नारायणगढमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले निर्वाचनमा भएको पराजयलाई आत्मसाथ गर्दै कांग्रेसले नयाँ बाटो तय गर्नुपर्ने बताए ।

‘देशको राजनीतिमा परिवर्तन आएको छ । गएको निर्वाचनमा गठबन्धनको नामबाट भोट मागेकाहरु आज एउटै भइसके’–उनले भने–‘अब बलियो संगठन बनाउनुको विकल्प छैन ।’

अझैपनि कांग्रेस जनताको माझमा जान नसकेको भन्दै नेता सिटौलाले जनताको समर्थनबिना बलियो हुन नसकिने स्पस्ट पारे ।

‘जनताको विश्वास नै हाम्रो तागत हो । जनताबाट जे प्राप्त हुन्छ, त्यो जनताका लागि नै प्रयोग गर्ने हो’–उनले भने ।

कांग्रेसकै नेतृत्वमा देशमा विभिन्न उपलब्धिहरु भएको भन्दै उनले त्यसलाई संस्थागत गर्ने दायित्व पनि कांग्रेसकै रहेको बताए ।

सिटौलाले कांग्रेसका नेता–कार्यकर्ताहरु फुटेर भन्दापनि जुटेर अघि बढ्नुपर्नेमा जोड दिए ।