
काठमाडौं, जेठ २० । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ ।
रिक्त २८ एसपी पदका लागि र ५५ डिएसपी पदका लागि बढुवा सिफारिश गरिएको हो ।
शनिबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फको डिएसपीलाई सोही समूहको एसपीमा बढुवा सिफारिश गरेको हो । बढुवा समितिको निर्णयअनुसार अच्युतमप्रसाद पुडासैनी एक नम्बरमा रहँदा प्रतापकुमार गुरुङ दोस्रोमा छन् ।
यसैगरी ५५ जना प्रहरी निरीक्षकलाई डिएसपीमा बढुवा गर्न पनि सिफारिश गरिएको छ । बढुवा समिति बैठकको निर्णयअनुसार भीमबहादुर लामा एक नम्बरमा सिफारिश गरिँदा दोस्रोमा धनश्याम श्रेष्ठ छन् ।
प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार बढुवाको सिफारिश गरिएको समितिका सदस्यसचिव डा. दिनेशचन्द्र पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
बढुवाका लागि सिफारिस सूची
प्रतिक्रिया दिनुहोस्