Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


तिहार र नेपाल सम्वतको अवसरमा प्रधानमन्त्री ओलीको भिडियो सन्देश


0
Shares

काठमाडौं, कात्तिक २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार पर्वका अवसरमा भिडियो सन्देश जारी गर्दै सबैमा शुभकामना व्यक्त गरेका छन् ।

आर्थिक समृद्धि नै अबको सर्वोपरी लक्ष्य रहेको भन्दै उनले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा करिब ४२ प्रतिशत राजस्व वृद्धि भएको बताएका छन् ।

हरेक नेपालीको मुहारमा खुशी ल्याउन सरकारले निजी क्षेत्रलाई साथ लिएर अघि बढिरहेको उनको भनाइ छ ।

‘राजनीतिक स्थायित्व कायम भइसकेको छ । सरकार सुशासनका निम्तिछ समर्पित छ,’ उनले भनेका छन्, ‘हाम्रो देश हामीले नै बनाउने हो भन्ने कुरा आत्मसात गर्दै यहाँहरुलाई शुभकामना व्यक्त गर्न चाहन्छु ।’ 

भिडियो सन्देश हेर्नुहोस्

यस्तै उनले नेपाल सम्वत ११३९ प्रवेशको शुभअवसरमा पनि शुभकामना व्यक्त गरेका छन् ।

छुट्टै सन्देश जारी गर्दै उनले नेपाल सम्वतको सुरुवातको घटना हामी सबैका लागि प्रेरणादायी रहेको जनाएका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाले ११३८ वर्ष अघि ऋणमा बाँधिएका गरिव किसानलाई आफ्नै सम्पत्ति खर्च गरी ऋणमुक्त गराएको प्रसंगसहित सुरु भएको नेपाल सम्वतले हरेक वर्ष नेपाली संस्कृतिमा विद्यमान परोपकारी भावना स्मरण गराउँदै आएको उनले बताएका छन् ।

भिडियो सन्देश हेर्नुहोस्