
काठमाडौं, जेठ २० । वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले निजीकरणका नाममा नेपालका राष्ट्रिय उद्योगधन्दाहरु धराशायी भइरहेको बताएका छन् ।
युनाईटेड बेभरेज प्रालिले बजारमा ल्याएको स्वदेशी उत्पादन म्याङ्गो र पिङ्क ग्वाभा जुसको लञ्चिङ समारोहमा उनले उद्योग धराशायी बनाउन राजनीतिक दलकै संलग्नता रहेको आरोप लगाए ।
उनले नेपाली वस्तु उत्पादन र निर्यातमा देखिएका कठिनाई चाँडै समाधान गर्ने बताउँदै यसका लागि सुझाव र सल्लाह दिन उद्योगपतिहरुलाई आग्रह गरे ।
उद्योगी व्यवसायीहरुले सरकारलाई तिर्नुपर्ने कर छल्ने गरेको भन्दै मन्त्री यादवले कर छलीमा संलग्नलाई कडा कारवाही गरिने चेतावनी पनि दिए ।
स्वदेशमै उद्योग सञ्चालन गर्न चाहनेलाई सरकारले सहुलियत दिने भन्दै उनले आयातभन्दा निर्यातमुखी व्यापारबाट आत्मनिर्भर बन्न पनि आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्