Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


गृहमन्त्रीद्वारा सुन तस्करी नियन्त्रणमा चिनियाँ पक्षसँग सहयोग माग


0
Shares

नेपालका लागि चीनका राजदूत यु होङसँग गृह मन्त्रालयमा भएको भेटमा उनले नेपालमा चीन नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार नियन्त्रणका लागि चिनियाँ पक्षको सहयोगका लागि आग्रह गरेका थिए ।

भेटमा राजदूत होङले गृहमन्त्रीकारुपमा कार्यभार सम्हालेकामा चीनका सामाजिक सुरक्षामन्त्रीले पठाएको बधाइ तथा सफल कार्यकालको लिखित शुभकामना सन्देश गृहमन्त्री थापालाई हस्तान्तरण गर्दै नेपालमा चीनविरोधी गतिविधि नियन्त्रणका लागि गृह मन्त्रालयले खेलेको भूमिका प्रशंसनीय रहेको र यसलाई थप प्रभावकारी बनाउन आग्रह गरेकी थिइन् ।

उनले नेपाली सुरक्षा निकायलाई चीन सरकारबाट प्रदान गरिने सहयोग, तालिम र उपकरण आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

राजदूत होङले चीनको नाका हुँदै नेपालमा भइरहेको सुन तस्करीका विषयमा गृहमन्त्री थापाले उठाएको विषयमा आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने जवाफ दिएकी थिइन् ।

उनले गृहमन्त्रीकारुपमा मन्त्री थापाले गरेको यातायात क्षेत्रको एकाधिकार हटाउनेलगायत पछिल्ला सुधारका काम प्रशंसनीय रहेको बताएकी थिइन् । रासस