जनकपुरधाम, कात्तिक २१ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रदेश सरकारलाई अख्तियारी दिने र संघीयता कार्यान्वयन सन्दर्भमा प्रधानमन्त्रीको गम्भीर्यता नदेखिएको बताएका छन् ।
नेपाल प्रेस युनियन धनुषा शाखाद्वारा बुधबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतकसमेत रहेका खाँणले सरकारले संविधानविरोधी क्रियाकलाप गरिरहेको भन्दै सोकोविरूद्धमा कांग्रेसले छठपर्वपछि रचनात्मक र संघर्षशील कार्यक्रम सन्चालन गर्ने जानकारी दिए ।
मुुलुकमा हिंसा, महँगी, करवृद्धि, मूल्यवृद्धि र असुरक्षाका कारण जनता कस्टकर अवस्थामा रहेको उनको भनाइ थियो ।
उनले ‘हजामदेखि जुत्ता पालिस गर्नेलाई कर लगाएको, घर करका कारण घर बेच्नुपर्ने अवस्था सिर्जना गरेको, महँगीले जनताको आम्दानी घट्ने क्रियाकलाप गरेकाले मुलुक अस्थीर बनेको छ’–भने । रासस









प्रतिक्रिया दिनुहोस्