२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


रसुवागढी हुँदै कैलाश मानसरोवर जाने यात्रुको चाप बढ्यो


0
Shares

रसुवा, जेठ २४ । नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै कैलाश मानसरोवर जाने यात्रुको चाप बढेको छ ।

हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल तिब्बतको कैलाश मानसरोवर तिर्थाटन जाने मुख्य सिजन शुरु भएसँगै रसुवागढी नाका हुँदै जाने यात्रुको चाप बढ्न थालेकोे हो ।

यो नाका हँुदै नेपाली, भारतीय र अमेरिकी गरी दुई सयजना कैलाश मानसरोवरतर्फ प्रस्थान गरेको अध्यागमन कार्यालय रसुवाले जनाएको छ ।

mansrobaaar

यसअघि फाट्टफुट्ट रुपमा यो नाका हुँदै मानसरोबर जाने गरेका थिए । तर यो वर्षको सिजन सुरु भएसँगै पहिलो पटक ठूलो संख्यामा तिर्थयात्री मानसरोवर गएका हुन् ।

समुद्री सतहबाट करिब ६ हजार ५ सय मिटर उचाइमा रहेको मानसरोवर रसुवागढी नाकाबाट करिब ६ सय किलोमिटर टाढा पर्छ ।

यसअघि कोदारी र तातोपानीबाट तिर्थयात्रीहरु मानसरोबर जाने गरेका थिए ।

मानसरोवर जान अन्य नाकाभन्दा रसुवागढी नाका छोटो र लागत खर्च कम लाग्ने भएकाले यात्रुको संख्या बढ्को हुनसक्ने बताइएको छ ।

mansarobar1