१५ असार २०८२, आइतबार | Mon Jun 30 2025


ट्राफिक नियम उल्लंघन गर्नेमाथि कडा निगरानी, जरीवाना रकम बढ्यो (भिडियो)


0
Shares

दिपक श्रेष्ठ, दिलिप पोखरेल र नविन स्थापित (ईमेज):

काठमाडौं, जेठ २४ । ट्राफिक प्रहरीले सिट संख्याभन्दा बढि यात्रु राख्ने, सवारी साधनमा धूमपान गर्ने र ट्राफिक नियमको उल्लंघन गर्ने सवारी साधन र सवारी चालकमाथि निगरानी बढाएको छ ।

साथै, उल्लंघन गर्नेमाथि जरिवाना पनि थप गरेको छ ।

यातायात क्षेत्रमा ब्याप्त सिण्डिकेट तोडेर चर्चामा आएको सरकारले यातायात क्षेत्रमा ब्याप्त अनुशासनहिनता र ट्राफिक नियमको उल्लंघन गर्ने प्रबृत्ति विरुद्ध अर्को अभियान थालेको छ ।

नयाँ अभियानको थालनी राजधानी काठमाडौंबाटै गरिएको छ र पहिलो निगरानीमा परेका छन् सीटभन्दा बढी यात्रु चढाउने सार्वजनिक सवारी साधनहरु ।

यसक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुगमन कडा पार्दै सिट संख्याभन्दा बढि यात्रु राख्ने सवारी साधनलाई कडा कारवाही गर्न थालेको छ ।

साथै जरिवाना पनि बढाएको छ । यातायात व्यवस्था विभागले दिएको अधिकार अनुसार यसअघि बढी यात्रु राख्नेलाई गर्दै आएको ५ सयको जरिवानालाई दोब्बर गरिएको महाशाखाका निमित्त प्रमुख प्रंहरी बरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले बताए ।

त्यसैगरी, महाशाखाले सार्वजनिक सवारी साधनमा धुम्रपान गरेमा १ हजार रुपिया जरिवाना लिने व्यवस्था गरेको छ भने ध्वनी संकेत निषेध गरेको ठाउँमा ध्वनी दिएमा पनि १ हजार जरिवाना गरिने भएको छ ।

ट्राफिक प्रहरीले ट्याक्सीभित्र अनिवार्य रुपमा नम्बर प्लेट राख्नुपर्ने नयाँ व्यवस्था पनि कार्यान्वयनमा ल्याएको छ ।

अब ट्याक्सीहरुले यहि जेष्ठ २५ गते भित्र ३ इन्च चौडाई र ९ इन्च लम्बाई साइजको नम्बर प्लेट ट्याक्सीको भित्र यात्रुले देख्ने गरी अनिवार्यरुपमा राखिसक्नु पर्नेछ । यो व्यवस्था क्रमशः सवै सार्वजनिक सवारीमा लागु गर्ने योजना ट्राफिक प्रहरीको छ । बाइट….

यस्तै सवारी साधनको पार्किङस्थललाई व्यवस्थित बनाउने, ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई अझै व्यापक बनाउने योजनालाई पनि प्राथकिताका साथ बढाएको छ भने समग्र ट्राफिक ऐनको कार्यान्वयनमा पनि कडाइ गरिएको छ ।

यसक्रममा ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेष्ठ महिनाको २१ गतेसम्मको लेन अनुशासन उलंघनमा पुरुष ३६ हजार ८ सय ९१ जना र महिला १९ सय २३ गरी जम्मा ३८ हजार ८ सय १४ जना छन् ।

त्यस्तै मिटरमा जान नमान्ने र बढी भाडा लिने तथा मिटर विगार्नेमा ६ हजार ९ सय ५ जना ट्याक्सी चालक, हर्न बजाउन निषेधित ठाउँमा हर्न बजाउने २३ हजार ५ सय ८० जना छन् ।

सिट क्षमता बढी यात्रु बोक्ने माइक्रो ९ सय ८९ र तिन पाग्रे टेम्पोका २ सय ३६ गरि १ हजार २ सय २५ जना सवारी चालकलाई कारवाही गरिसकेको र कारवाही वापतको जरिवानाबाट सवै गरी जम्मा १४ करोड ९१ लाख ९ हजार राजस्व संकलन भएको जनाएको छ ।

अब बस स्टपमा ‘पिक एण्ड ड्रप’ मात्रै गर्न दिने व्यवस्था गर्ने, यात्रुलाई लाइनमा बसेर गाडी चढ्न लगाउने र सवारीहरुलाई लेन अनुशासन मान्न बाध्य बनाउने गरी कडाई गर्ने पनि ट्राफिक प्रहरीले जनाएको छ ।
भिडियो