Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


क्यान्सर रोगबारे सचेतना


0
Shares

ललितपुर, कात्तिक २० । आमनागरिकको स्वास्थ्यप्रति सरकार गम्भीर हुनुपर्ने नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले बताएका छन् ।

स्वास्थ्य बिमा नीति अवलम्बन गर्नुपर्ने भन्दै उनले क्यान्सरसित लडिरहेका व्यक्तिहरुका निमित्त सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

चेम्बर र ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्पसर हस्पिटल एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा भएको स्तन क्यान्सर अभिमुखीकरण तालिममा अस्पतालका सर्जिकल अन्कोलोजी विभाग प्रमुख डा. कपेन्द्र शेखर अमात्यले स्तन क्यान्सर लागे पूरै स्तन काटेर फाल्नुपर्ने बाध्यता हालसम्म विद्यमान रहेको बताए ।

कार्यक्रममा मिडिया, हेल्थ र ह्याप्पिनेस मोटिभेसनल ट्रेनर सिमोन न्यौपानेले क्यान्सर रोगसित जुध्न अपनाइने उपचार पद्दतिकाबारेमा जानकारी गराएका थिए ।

प्रविधि र सीपयुक्त ‘अन्कोप्लास्टिक ब्रेस्ट सर्जरी’ नेपालमै सुरु भइसकेको पनि उनले बताए ।

नेपाल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक तथा क्यान्सर विशेषज्ञ डा. सुदीप श्रेष्ठले क्यान्सर रोगको उपचारका लागि विदेश जान नपर्ने भन्दै क्यान्सर अस्पतालबाटै गुणस्तरीय उपचार सेवा पाउन सकिने जिकिर गरे ।

नेपाल वुमन चेम्बरका अध्यक्ष डा. अन्जान शाक्यले पहिले नै सचेत भए रोग लाग्नबाट रोक्न सकिने भन्दै समयमै सचेत हुन आग्रह गरिन् ।