२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


डिसहोममा नयाँ टेलिसिरियल


0
Shares

काठमाडौं, कात्तिक २० । डिस मिडिया नेटवर्कले तिहारको अवसर पारेर भाइटीकाको दिनदेखि थप नयाँ टेलिसिरियल प्रसारण गर्ने भएको छ ।

तिहारको अवसर पारेर डिसहोमले सामाजिक गतिविधिलाई समेटेर चारओटा नयाँ सामाजिक र हास्य टेलिशृंखला ‘रमाइलो टीभी’मार्फत् प्रसारण गर्न लागेको हो ।

रमाइलो टेलिभिजनमार्फत् प्रस्तुत् हुने उक्त कार्यक्रमले सामाजिक परिघटनाहरुलाई प्रस्तुत् गर्ने ओरिजिनल इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडकी कार्यकारी निर्देशक श्रेषा पौडेलले बताइन् ।

रमाइलो टीभीका लागि ओरिजिनल इन्टरटेनमेन्टले कार्यक्रमहरु तयार गर्दै आइरहेको छ ।