Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


प्रहरी कुकुर तालिम केन्द्र अब ‘महाशाखा’


0
Shares

काठमाडौं, कात्तिक २० । नेपाल प्रहरीले केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रलाई चाँडै नै महाशाखा बनाउने भएको छ ।

कुकुर स्कुल स्थापना भएको ५० वर्ष पुगेको अवसरमा केन्द्रले मंगलबार गरेको कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सो जानकारी दिएका हुन् ।

आधुनिक प्रविधिको युगमा केन्द्रलाई सुदृढीकरण र अनुसन्धानलाई थप वैज्ञानिक बनाउन प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा महाशाखा बनाइने उनले बताए ।

त्यसका लागि मंगलबारै प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएकी केन्द्रकी निर्देशक डा. देउती गुरुङलाई दर्ज्यानी चिह्नसमेत उनले प्रदान गरे ।

कार्यक्रममा अनुसन्धानमा सघाएको भन्दै तालिमप्राप्त कुकुरलाई वर्षको उत्कृष्ट कुकुरसहितको उपाधिसमेत प्रदान गरिएको थियो ।