Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


नेपाल संवत् ११३९ का कार्यक्रम स्थगित


0
Shares

काठमाडौं, कात्तिक २० । नेपाल संवत् ११३९ को राष्ट्रिय समारोहलगायतका कार्यक्रमहरु स्थगित गरिएको छ ।

नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति र सल्लाहकार समितिको बैठकले आगामीे बिहीबार हुने तय भएको नेपाल संवत् ११३९ का कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको हो ।

नेपाल संवत् आन्दोलनका प्रणेता एवं वरिष्ठ मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधनको शोकका कारण नेपाल संवत् ११३९ को उपलक्ष्यमा आयोजना गरिने सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको हो ।

बैठकले अरु क्षेत्रमा गरिने कार्यक्रमहरु पनि स्थगित गर्न आग्रहसमेत गरिएको छ ।

अहिले स्थगित गरिएका कार्यक्रम तुलाधरको १३औं दिनको पून्यतिथिपछि अनुकूल समयमा गर्ने निर्णयसमेत गरिएको छ ।

साथै, कात्तिक ३० गते तुलाधरको निधनमा शोकसभा गर्ने निर्णय पनि गरेको समितिले जनाएको छ ।